अर्थार्थी जीवलोकोऽयं श्मशानमपि सेवते त्यक्त्वा जनयितारं स्वं निःश्वं गच्छति दूरतः ।
गतवयसामपि पुंसां ये समर्था भवन्ति ते तरुणाः अर्थेन तु हीना वृद्धास्ते यौवनेऽपि स्यु ।। –पञ्चतन्त्र
यो जीवलोक अर्थाथी छ । धनका निम्ति मान्छे श्मसानको सेवा गर्न पनि तत्पर हुन्छन् । धनकै निम्ति मान्छे आफन्त त्यागेर टाढिन्छ । धन नहुने युवा पनि वृद्ध जस्ता देखिन्छन् र धन हुने वृद्ध पनि तरुण जस्ता लाग्छन् । धन कमाउनका लागि मान्छे यो जीवलोकमा श्मशानको सेवा गर्न पनि तत्पर हुन्छन् । धनकै निम्ति आफ्ना मान्छेलाई त्याग्छन् । धन कमाउनकै लागि भए पनि स्वजन छोडेर टाढा गई अरुसँग मित्रता गाँस्न पुग्छन् । धन भए उमेर ढल्केका पनि युवा देखिन्छन् । अनि धन नभएका युवा भए पनि वृद्ध जस्ता देखिन्छन् ।