

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्य समिति सदस्य तथा राष्ट्रवाणी डटकमका सह–सम्पादक रामचन्द्र दुलाल ‘भान्जा’लाई पितृशोक परेको छ ।
उहाँका पिता मोहनिलाल दुलालको ७६ वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी मर्माहत भएका छौं । मेलम्ची नगरपालिका २ निवुगाँउ निवासी दुलाल परिवारमा पर्न गएको यो शोकको घडिमा राष्ट्रवाणी डटकम परिवार स्तव्ध भएको छ । हाल दुलाल परिवार सिन्धुपाल्चोकस्थित आफ्नै निवासमा काज किरीयामा बसेको छ ।
दुःखको यस घडीमा राष्ट्रवाणी डटकम परिवार स्वर्गीय पिताप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै सहकर्मी रामचन्द्र दुलाल लगायत परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।