निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको रगंशालाको ८० प्रतिशत काम सम्पन्न

निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको रगंशालाको ८० प्रतिशत काम सम्पन्न

गुल्मी, २० पुस । गुल्मीको ईस्मा गाउँपालिका ७ बुल्ममा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको फुटबल रगंशालाको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

सहिद लखन थापा नाम दिइएको रगंशालाको पहिलो चरणमा ८० प्रतिशत काम सकिएको निर्माण व्यवसायी गणेश आर्चायले जानकारी दिनुभयो । उहाँका अनुसार रङ्गशालाको कटिङ्ग र फिलिङको सकिएको छ ।त्यस्तै अन्य काम पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अब मैदानमा दुबो रोप्ने काम मात्र बाँकी रहेको राष्ट्रिय खेलकुद परिषद्का प्राविधिक माधव देवकोटाले बताउनुभयो ।

योजना अनुसार काम सम्पन्न भएमा डेढ अर्ब लगानीमा रङ्गशाला निर्माण हुनेछ । रङ्गशाला भित्र फुटबल मैदान, मल्टी कभर्डहल र स्वीमिङ पुल समेत निर्माण गरिने बताईएको छ । एक सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाईमा रङ्गशाला निर्माण भैरहेको छ ।