सूचना प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

सूचना प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

काठमाडौं, १३ पुस । सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले आज विधेयकका विषयमा छलफल गर्दैछ ।

यसअघि उपसमितिले गरेको संशोधन प्रस्तावको अध्ययनमाथि छलफल हुनेछ । छलफल गर्न बैठक दिउँसो १२ बजे बालाइएको छ । विधेयकमाथि २८ जना सांसदले ९ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । सामाजिक सञ्जाललाई पनि नियमन गर्ने गरी सरकारले ल्याउन लागेको यस विधेयकबाट सामाजिक सञ्जालसम्बन्धी व्यवस्था नै हटाउन भनी १८ जना सांसदले संशोधन दर्ता गराएका छन् ।