– रमेशचन्द्र घिमिरे
बाबा सहर जानुभो
आमा घरमा हुनुहुन्न
खाइदेऊ भात नरोई
खाँदाखेरि रुनुहुन्न
सहरबाट बाबाले
बाजा ल्याइदिने रे !
मेला गई आमाले
खाजा ल्याईदिने रे !
छिन्द्रिङछिन्द्रिङ बाजाको
तालमा नाच्नुपर्छ
लुला खुट्टा उफार्दै
कम्मर भाँच्नुपर्छ
मेलाबाट फर्केर
आमा आएपछि
खुसी हुनुपर्छ है
खाजा खाएपछि
कल-झगडा गर्दैन,
दु:ख दिन्न कसैलाई
बुझ्झकी छ असाध्यै
मेरो सानाे भाइ ।
– भोर्लेटार, लमजुङ