बढ्याे सुनचाँदीको मूल्य

बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं, १६ असाेज । विहिबार सुनको मुल्यमा वृद्धि भएको छ । बिहिबार प्रतितोला ११ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मुल्य ७० हजार ९ सय पुगेको छ ।यस अघि बुधबार सुन प्रतितोला ६९ हजार ८ सयमा कारोबार भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १५ ले बढेर ८ सय ५० पुगेको महासङ्घले जनाएको छ ।