-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य
आज विक्रम संवत् २०७४ साल आश्विन १६ गते सोमबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को द्वादशी तिथि राति १२।१२ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र बेलुका ६।५८ बजेसम्म रहने छ । यसैगरी आज धृति योग र बब करण रहेको छ । सूर्योदय प्रातः ५।५७ बजे छ भने सूर्यास्त बेलुका ५।४७ बजे हुने छ ।
आज चन्द्रमा विहान ७।४४ सम्म मकर र सो पश्चात् कुम्भ राशिमा रहने छन् । आज सोमबार अर्थ वाणिज्यका साथै शुभ कर्म आरम्भ गर्ने उत्तम दिन हो ।
सम्पर्क : ९८०३३४४४६४