आज पापाङ्कुशा एकादशीव्रत, पञ्चाङ्ग सहित हेर्नुहोस् आजको दिन

आज पापाङ्कुशा एकादशीव्रत, पञ्चाङ्ग सहित हेर्नुहोस् आजको दिन

-उपप्राध्यापक नारायणप्रसाद निरौला-
ज्योतिषाचार्य

आज विक्रम संवत् २०७४ साल आश्विन १५ गते आइतबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को एकादशी तिथि राति १२।१२ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईषा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । श्रवण नक्षत्र बेलुका ६।५८ बजेसम्म रहने छ । यसैगरी आज सुकर्म योग र वणिज करण रहेको छ । सूर्योदय प्रातः ५।५७ बजे छ भने सूर्यास्त बेलुका ५।४८ बजे हुने छ ।
आज चन्द्रमा मकर राशिमा रहने छन् । आज पापांकुशा एकादशी व्रत परेको छ । आज विष्णु भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग विशेष शुभ रहने छ ।

सम्पर्क : ९८०३३४४४६४