टीका लगाउदा भन्ने आयद्रोणसुते..को अर्थ के हो ? हेर्नुहोस्

टीका लगाउदा भन्ने आयद्रोणसुते..को अर्थ के हो ? हेर्नुहोस्

आयुद्रोणसुतेश्रियं दशरथे शत्रुक्षयोराघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञाने विदुरे भवोति भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा दशरथको जस्तै श्रेय रहोस्, भगवान् रामका जस्तै शत्रु नाश हुन्, नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्ते गति होस्, दुर्योधनको जस्तो मान होस्, सन्तनुको जस्तो शौर्य होस् , सबैले मान्ने हुनू, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भन्ने आशीर्वचनको अर्थ रहेको छ ।

–नारायणप्रसाद निरौला –