ट्वीटरले नयाँ फिचर थप्याे : रिट्वीट गर्दा फोटो र भिडियोसमेत राख्न सकिने

ट्वीटरले नयाँ फिचर थप्याे : रिट्वीट गर्दा फोटो र भिडियोसमेत राख्न सकिने

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । ट्वीटरले रिट्वीट गर्दा फोटो तथा भिडियो समेत राख्न सकिने सुविधा ल्याएको हो ।

यसअघि रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा फोटो, जीआईफ तस्बिर तथा भिडियो पनि राख्न सकिन्छ ।यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यो सुविधा छिटै नै डेस्कटपमा पनि उपलब्ध गराइने ट्वीटरले जनाएको छ ।