काठमाडौं, ६ वैशाख । नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । नेपाल टेलिकमकाअनुसार देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झांैता सम्पन्न भएको छ । कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने योजना छ ।
कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ ।
त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ । टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ ।