जगन्नाथ आचार्यको जीवनी नै प्रजातान्त्रिक समाजवादको व्याख्या हो – नेता पौडेल

जगन्नाथ आचार्यको जीवनी नै प्रजातान्त्रिक समाजवादको व्याख्या हो – नेता पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबाद के हो भनी बुझ्नु पर्‍यो भने जगन्नाथ आचार्यलाई अध्ययन गरे पुग्छ भन्दै जगन्नाथ आचार्यको पुरै जीवन नै प्रजातान्त्रिक समाजबादको व्याख्या रहेको बताउनु भएको छ । आज भक्तपुरमा आयोजित जगन्नाथ आचार्य स्म्रिती प्रतिष्ठानद्वारा आयोजित जागन्नाथ आचार्यको आत्म ब्रितान्त पुस्तक लोकार्पण कार्यक्रममा सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै नेता पौडेलले त्यस समयमा आवश्यकता भनेर बढी ओगटेर बसेका काँग्रेस, बाम्पन्थी र राप्रपाका ठुलै नेताको अवरोधले गर्दा क्रान्तिकारी भुमिसुधार लागु गर्न नसकेकोमा अहिले पनि पछुतो लाग्ने गरेको बताउदै समयमा काँग्रेसले जगन्नाथ आचार्यलाई चिन्न नसक्दा, उहाको दुरदर्शी योजनालाई बुझ्न नसक्दा काँग्रेसलाई बाम्पन्थी र दक्षिणपन्थीहरुले सामन्ती पुजिपतिहरुको पाटी भनेर आरोप लगाउने ठाउँ पाएको बताउनु भयो ।

जागन्नाथ जि को आत्मा ब्रितान्त राम्रो संग हेर्न पाएको छैन तर आचार्य जि काँग्रेसको अत्यान्तै ब्यवहाँरिक र किसान आन्दोलनको जन्मदाता हो भन्दै नेता पौडेलले जगन्नाथ आचार्य नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादको नारा ब्यवहाँरममै उतार्ने नेता भएको बताउनु भयो ।

कार्यक्रममा काँग्रेस नेता दमननाथ ढुंगाना आचार्य सादा जीवन मन पराउने नेता भएको भन्दै, काँग्रेसले जगन्नाथ चिन्न नसक्दा आज काँग्रेसको मुद्धा हराएको बताउनु भयो । अर्का नेता कुल बहादुर गुरुङले भुमिसुधारको जननी भनेकै जगन्नाथ आचार्य हो भन्दै काँग्रेसले आचार्य जस्ता ब्यक्तित्व चिन्न नसक्दा पछुताउनु बहेक केही गर्न नसकिएको बताउदै अझै पनि काँग्रेसलाई जगन्नाथ आचार्यको बिचारमा पार्टीमा लानु पर्ने बताउनु भयो । पुरुस्वोत्तम दाहालले आचार्यले जनताको चाहना भन्दा पद ठुलो होईन भन्दै भुमिसुधार कानुन मन्त्रीपरिसदले पारीत गर्न नसके पछी मन्त्री पद त्याग्न सक्ने नेता भएको बताउनु भयो । सो कार्यक्रममा काँग्रेस नेता बिनोद कायस्थ, ढुन्निराज शास्त्री भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, मध्यपुर ठिमी उपमेयर अन्जाना मधिकर्मी लगायतले जगन्नाथ आचार्यको किसान आन्दोलनको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिनोद आचार्यले आत्माब्रितान्त प्रकाशित गर्न धेरै मेहनत गरेको बताउदै आचार्यले जस्को जोत उस्को पोत बन्ने बि पि कोईरालाको बिचारलाई यथार्थमा लागु गर्न हरदमा लाग्नु भएको बताउदै बि पि कोईराला ले नै उक्त कार्य स्वयम्ले आचार्यलाई अगाडि सार्नु भएको हो भन्दै किसानको पक्षमा काम गरेको बताउनु भयो । कार्यक्रममा काँग्रेसका कार्यकर्ता भन्दा जगन्नाथ आचार्यको जीवनी बुझ्न चाहने युवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।