धनकुटा कांग्रेसले प्रशिक्षण विभाग गठन

धनकुटा कांग्रेसले प्रशिक्षण विभाग गठन

धनकुटा ३ चैत । नेपाली कांग्रेस धनकुटाले उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा ९ सदस्यीय प्रशिक्षण बिभाग हिजो गठन गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अगनी प्रसाद पौडेलको अध्यक्षतामा भएको बैठकले प्रशिक्षण विभागमा उपसभापति नविन किशोर शाक्य र सदस्यहरुमा गणेश चापागाई, दिनेश अधिकारी, निरज प्रधान, घनश्याम बराल, दिपक गुरागाई, सुमना तिम्सिना, हिमा चेम्जोङ्ग र रेणुका कार्की रहनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाको हिजो सम्पन्न भएको जिल्ला कार्यसमितिको पूर्ण बैठकले २००३ सालदेखि हालसम्म पार्टीमा क्रियाशिल रहनु भएका सवै नेता तथा कार्यकर्ताहरुको अभिलेख तयार गर्ने ,धनकुटाका सात वटै तहमा भएका जनविरोधी तथा अनियमितताको विषयहरुमा भण्डाफोर गर्ने र विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गर्ने र पार्टी तथा भातृसंस्थाहरुलाई क्रियाशिल र सशक्त बनाउने निर्णय गरेको कोषाध्यक्ष दिनेश राईले वताउनु भयो ।

बैठकमा प्रदेश सभा सदस्य लिला सुब्बा,उपसभापति नविन किशोर शाक्य लगायत जिल्ला कार्यसमितिका सदस्य तथा स्थानीय तहका सभापतिहरु र भातृ संस्थाका प्रमुखहरुले कांग्रेसलाई अव गाउँ गाउँमा सशक्त बनाउनुपर्नेमा जोड दिदै आ–आफ्नो धारणा राख्नु भएको थियो ।