तेस्रो नवलपुर युवा सम्मेलन हुने

तेस्रो नवलपुर युवा सम्मेलन हुने

-सुमन लम्साल-

कावासोती नवलपुर, ३ फागुन । अघिल्ला बर्षहरु प्रथम र दोस्रो नवलपरासी युवा सम्मेलन आयोजना सम्पन्न गरेको हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चले यस बर्ष पनि निरन्तरता दिदै तेस्रो नवलपुर युवा सम्मेलन २०७५ को आयोजना गर्ने भएको छ ।

यही आउदो फागुन ४ गते कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव २०० युवा सहभागी हुने आयोजक संस्था वातावरण जन जागरण बिकास मञ्च का अध्यक्ष सुधन लम्सालले बताउनु भयो ।

युवाहरुमा सकरात्मक सोच ल्याई घर , समाज र राष्ट्र प्रति उत्तरदायित्व बनाउने तथा नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि बिषयहरु भित्र रहेर सम्मेलनमा विशेष बहस हुने अर्को आयोजक संस्था हरियाली संस्थाका अध्यक्ष एल. एन. दवाडीले बताउनु भएको छ ।

विभिन्न कार्य गरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहने साथै दिगो बिकास, उद्दमसिलता, बिश्व सरसफाई दिबस लगायतका बिषयमा पनि सहभागी युवा बिच छलफल हुने भएको छ ।