

काठमाडौं, १ फागुन । आज फेब्रुअरी १३ तारिख अर्थात विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन २०११ को नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा विश्व रेडियो दिवस मनाउने घोषणा गरेको थियो। विश्व रेडियो दिवसको यस वर्षको नारा ‘संवाद, सहिष्णुता र शान्ति’ तय गरिएको छ।
विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६८ वर्ष पुगेको छ। नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो। २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो। अहिले एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।