बानेश्वरको प्रदर्शनमा हस्तक्षेप ,नेविसंघका नेता कार्यकर्ता पक्राउ केहि विद्यार्थी घाइते

बानेश्वरको प्रदर्शनमा हस्तक्षेप ,नेविसंघका नेता कार्यकर्ता पक्राउ  केहि विद्यार्थी घाइते

काठमाडौं ।  डा गोबिन्द केसीको जीवन रक्षा संसदबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपमा केहि विद्यार्थी घाइते भएका छन्

नेविसंघ महामन्त्री  लगायत दर्जनौ विद्यार्थी घाइते भएका छन् ।सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले गरेको संयुक्त प्रर्दशन वानेश्वरमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

संसदबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, आफ्ना नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका नाम जोडिएका अस्पताल खारेज गर्न खोजेको आरोप लगाउँदै कांग्रेस  सडकमा उत्रेको हो । प्रदर्शनबाट प्रहरीले १५ जना नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।