काठमाडौं, ४ माघ । ७ सय ५३ स्थानीय तहमा सरकारले नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि आजदेखि आवेदन खुलेको छ ।सरकारले देशभर स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति प्रक्रिया आजदेखि शुरु गर्ने भएको हो ।
सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि आजदेखी अनलाइन आवेदन खुला हुने श्रम मन्त्रालयले जनाएको छ ।
मापदण्ड अनुसार मन्त्रालयले सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी एकएक जना संयोजक नियुक्त गर्ने मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखा प्रमुख प्रकाश दाहालले जानकारी दिनुभयो ।
सम्बन्धित नगर तथा गाउँपालिका मातहतमा रहने गरी नायव सुब्बा र शाखा अधिकृत सो सरहको एकएक जना संयोजक नियुक्त गर्ने मन्त्रालयले जनाएको छ ।
७ सय ५३ स्थानीय तहमध्ये १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायव सुब्बा सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत सरहको अस्थायी कर्मचारी भर्ना गर्ने दाहालले बताउनुभयो ।