काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को राजधानीको माग गर्दै रुपन्देहीमा खबरदारी सभाको आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नम्बर ५ को राजधानी रुपन्देही नै उपयुक्त भएको बताएका छन् ।
उनलेले आफु रुपन्देहीको भएर नभई सबैलाई पायक पर्ने स्थान रुपन्देही रहेको बताए । नेपाली कांग्रेस रुपन्देहीको अयोजनामा बुटवलमा भएको संविधान कार्यान्वयन, सुशासन, शान्ति शुरक्षा एवं स्थायी राजधानी र नामाकरणको लागि गरीएको खबरदारी सभालाई सम्बोधन गर्दै गर्दै खाणले सो कुरा बताएका हुन् ।
प्रदेश ५ का अन्य जिल्लाका पार्टी जिल्ला सभापतिले रुपन्देही राजधानी ठिक नभन्न आग्रह गरेको भन्दै सबैलाई सर्बसुलभ बनाईने बताए । उनले राजा दंगिशरको राजधानी दाङ भएकोले माग जायज रहेको बताउँदै गौतम बुद्ध एकमात्रै रहेकोले लुम्बिनी निकट रुपन्देही उपयुक्त हुने उनको भनाई छ ।
कार्यक्रममा उनले प्रदेशका अन्य जिल्लाका ब्यक्तिहरुलाई सम्मान ब्यक्त गर्दै रोल्पा, रुकुम, प्युठान लगायतका स्थानबाट आन्दोलन शुरु गरिएकोले सहयोगका लागि आग्रह गरे ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसले नेकपालाई सत्तामा ल्याएको बताउँदै सत्तामा आएको नेकपाले राजधानी र नाम समेत तोक्न नसक्नु लाजमर्दो कुरा भएको बताए ।
यस्तै पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले बुटवलमा रहेका प्रदेशका मन्त्रालयहरु र प्रदेशका सचिवालयबाट गरेका कामहरु सबै जनताले बुझिसकेको बताउँदै उनले प्रदेश सरकारले खरिद गरेको गाडि खरिद गर्दा सर्वसाधारणले गरेको भन्दा धेरै मुल्यमा सवारी किनेर भ्रष्टाचार भएको प्रस्ट रहेको बताए ।
प्रदेश नम्बर ५ प्रदेश सभा सदस्य बिरबहादुर रानाले प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरु लगायते संबिधानको बिषयको बारेमा जानकारी नभएको बताउँदै संबिधान अध्ययन गर्न आग्रह गरेका छन् । उनले राजनितिबाट भुमिका बिलासी जिवनयापन भईरहेको बताएका छन् । उनले सेवा सुबिधा बढाउने र अहिलेका मन्त्री मुख्यमन्त्री, मन्त्री, प्रधानमन्त्री सबैलाई राजालाई भन्दा बढि नै सम्मान भईरहेको बताउँदै आम नागरीक त्यस तर्फ सचेत हुन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, अर्घाखाँचीका सभापति विष्णु भुषाल, गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, प्रदेश नम्बर ५, प्रदेश सभा संसदीय दलका नेता बलदेव शर्मा पोखरेल, जिल्ला सचिव रामकृष्ण खाँण लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।
बुटवलको राजमार्ग चौराहाबाट रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह, नेपाली कांग्रेसका समितिको सहभागीतामा राजधानी नसार्नको लागि दबाब सहित र्याली आयोजना गरिएको थियो । बुटवलको राजमार्ग चौराहबाट निस्किएकाे र्याली मिलनचाेक, बसपार्क, अस्पताल लाईन हुदै कार्यक्रम स्थल बुटवलको ट्राफिक चौकमा पुगेर सभामा परिणत भएको थियो ।