मालढुंगामा बस पल्टियो, चारजनाको मृत्यु, ३८ भन्दा बढी यात्रु घाइते

मालढुंगामा बस पल्टियो, चारजनाको मृत्यु, ३८ भन्दा बढी यात्रु घाइते

पर्वत, ३ माघ । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार बसका ३८ जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

आज बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस सवा ८ बजेतिर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

तीनजनाको घटनास्थल मै र एकजनाको बाग्लुङ्ग जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने दुई पुरुष र दुई महिला रहेको प्रहरीले उल्लेख गरेको छ ।