काठमाडौं, ३० पुस । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई आज विहान अस्पताल लगिएको हो ।
डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकको आग्रहमा अस्पताल लगिएको हो । डा. केसीले अस्पतालमै अनसन जारी राख्नु भएको जनाइएको छ ।