अब मेसिन रिडेबल भिसा

अब मेसिन रिडेबल भिसा

काठमाडौँ, ३० पुस । प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणको तयारी गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एकआरभी (मेसिन रिडेबल भिसा) लागू गर्ने तयारी गरेको छ । विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएका हौं ।