संसद पुग्यो चिकित्सा शिक्षा विधेयक

संसद पुग्यो चिकित्सा शिक्षा विधेयक

काठमाडौं, २९ पुस । अन्ततः चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्टिका बाबजुद संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा आज पेश गर्नुभएको हो ।

कांग्रेसका सांसदहरुले विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका छन् । साउन २१ गते संसदले विधेयक समितिमा पठाएको थियो ।

समितिले छलफलका लागि दश सदस्यीय उपसमिति गठन गरी पटक पटक बैठकबाट छलफल गरेको थियो । उपसमितिले विधेयकमाथिका संशोधनकर्ता, मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

पुस २३ गते मुल समितिमा गएको प्रतिवेदन २५ गते कांग्रेसका सांसदहरुको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो । यता, सरकारले आफुसँग गरेको सहमति विपरित विधेयक प्रतिवेदन समितिबाट पारित भएपछि पुस २५ देखि डा.गोविन्द केसी इलाममा अनसनरत छन् ।