

काठमाडौं, २८ पुस । नेपाल चिकित्सक संघले १६ औं पटक आमरण अनसनमा रहनुभएका डा. गोविन्द केसीको जीवनरक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ । सहमति कार्यान्वयनको माग राख्दै डा. केसी बिहीबारबाट इलाममा अनसनरत हुनुहुन्छ ।
चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पु¥याएको ठहर गरेको छ ।
१६ औं पटक अनसनमा बस्दा डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर भएको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवनरक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।