उद्घाटन भयो भोटेचौरमा पनि प्रहरी चौकी

उद्घाटन भयो भोटेचौरमा पनि प्रहरी चौकी

-रामचन्द्र दुलाल-

मेलम्ची, २८ पुस । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा प्रहरी चौकी निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा एक करोड १७ लाख ३५ हजार ८ सय पचास रुपैया लागतमा भोटेचौरमा प्रहरी चौकी निर्माण भएको हो ।

नवनिर्मित भवनको नेपाल प्रहरी प्रदेश ३ का प्रमुख प्रहरी नायव महानिरीक्षक

दिपककुमार थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि थापाले समाजमा हुने कुनै पनि अपराध न्यूनिकरणमा प्रहरी एक्लैको प्रयासले सम्भव नहने बताउदै प्रहरीसंगै स्थानीयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल, संघिय प्रहरी इकाई कार्यालय वागमतीका प्रमुख सौरभ राणा, सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, भवन निर्माण सहयोग समितिका संयोजक जीवनलाल शर्मा पौडेलले मन्तव्य राख्नुभएको थियो ।