एकता दिवसको दिन सरकारले सार्वजनिक बिदा नदिने

एकता दिवसको दिन सरकारले सार्वजनिक बिदा नदिने

काठमाडौं, २६ पुस । भोलि पुस २७ अर्थात् ‘राष्ट्रिय एकता दिवस’को दिन सरकारले सार्वजनिक बिदा नदिने भएको छ ।

सरकारका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय एकता दिवसका लागि बिदा दिनु नपर्ने धारणा राख्नुभयो । यो दिवस मनाएर दर्शाउने भएका कारण यसका लागि बिदा आवश्यक नपर्ने उहाँको तर्क छ ।

विभिन्न पार्टी र पक्षले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिनुपर्ने माग गर्दै आएका छन् । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा वि.स २०१२ सालदेखि नेपालमा पुस २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको थियो ।