अचारवाली दिदिको बालुवा बोक्नेदेखी करोडौको कारोबारसम्म

अचारवाली दिदिको बालुवा बोक्नेदेखी करोडौको कारोबारसम्म

नेपालमा अवसर छैन भनेर विदेशिनेहरुको लागि अथवा नेपालमै केहि गर्थे तर लगानी छैन भन्नेहरुको लागि बसु माया तामाङ राम्रो उदाहरण हुन सक्छिन ।

जसले नेपाली मन उद्योग सञ्चालन गरेर ४०-५० भन्दा बढि महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेकी छिन् । उनको उद्योगबाट टिमुरको छोप तथा विभिन्न थरिका अचारहरु उत्पादन हुँदै आईरहेका छन् ।

यी उत्पादनहरु अमेरिका, जापान, यू.के लगायतका देशहरुमा निर्यात हुँदै आईरहेको छ । उनको मासिक विक्री नै १२ – १५ लाख देखि ३० – ४० लाखसम्म हुँदै आईरहेको छ । तर उनको यो सफलता त्यतिकै आएको भने होईन ।

उनी जागिरको लागि कैयाैँ कार्यलयहरु धाइन , खोलाबाट बालुवा बोकिन, उन काटिन, पानीपुरी बेचिन, ठेलामा म स् म बेचिन तर भनेजस्तो सफलता कतै हात लागेन ।

अन्त्यमा १ किलो टिमुरको छोपबाट सुरु भएको उनको यो व्यापारले आज उनलाई ठुलो सफलता दिलाईसकेको छ भने धेरै मान्छेहरुको लागि उनी उदाहरण पनि बनेकी छिन् ।