कुलुङको निधनले महासङ्घ स्तब्ध

कुलुङको निधनले महासङ्घ स्तब्ध

काठमाडौँ, २२ पुस । नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएकामा दुःख व्यक्त गरेको छ ।

महासङ्घबाट सचिव प्रकाश थापाले आज विज्ञप्ति जारी गरी उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमाएको बताउनु भएकाे छ ।

अठचालीस वर्षीय कुलुङको उपचारको क्रममा आज काठमाडौँको चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा निधन भएकोे हो । महासङ्घले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उहाँ मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।

लामो सयमदेखि पत्रकारितामा सक्रिय पत्रकार कुलुङ पछिल्लो सयम राजधानी राष्ट्रिय दैनिकमा जिल्ला ब्यूरो प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

 

मिति २०७५।०९।२२ 

शोक विज्ञप्ति

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको ४८ वर्षको उमेरमा उपचारको क्रममा पुस २२ गते विहान काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा निधन भएकोे दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार कुलुङलाई ज्वरोले च्यापेपछि उपचारका लागि शनिबार साँझ उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

लामो सयमदेखि पत्रकारितामा सक्रिय पत्रकार कुलुङ पछिल्लो सयम राजधानी राष्ट्रिय दैनिकमा जिल्ला ब्यूरो प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ । स्वर्गीय कुलङका श्रीमती र एक छोरा हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय कुलुङप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

    प्रकाश थापा
    सचिव