शिक्षामा ५ अर्ब वैदेशिक अनुदान रोकियो

शिक्षामा ५ अर्ब वैदेशिक अनुदान रोकियो

काठमाडौं, २२ पुस । स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा ५ अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । सर्सत अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा विवरण नपठाउँदा सहायता रोकिएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको हो । काम सकिएपछि मात्रै दाताहरुसँग भुक्तानी लिने गरी सम्झौता भएकोमा प्रगति विवरण नै नआएपछि दाताहरुले दाताहरुले रकम उपलब्ध नगराउने चेतावनी दिएको खबर छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।