

काठमाडौं, २१ पुस । संघिय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कन चाहेको बताउनुभएको छ ।
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले आफू चिकित्सकीय सेवामा फर्कने सङ्केत गर्नुभएको हो ।
सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको उहाँको भनाइ थियो । प्रथम राष्ट्रपति डा.यादव राजनीतिमा आउनुभन्दा अघि चिकित्सक हुनुहुन्थ्यो ।