माघी महोत्सव आयोजना गरिने

माघी महोत्सव आयोजना गरिने

काठमाडौं, २१ पुस । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रले पुस ३० र माघ १ गते टुँडीखेलमा आयोजना गर्न लागेको माघी महोत्सव २०७५ को उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीसँग बालुवाटारमा भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्री ओलीले महोत्सवमा आउने प्रतिवद्धता जनाउनुभयो । थाकसले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निमन्त्रणासहित महोत्सवकालागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्न आग्रह गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

थारु युवासभाका अध्यक्ष कानुनलाल चौधरीकाअनुसार प्रधानमन्त्री ओलीले महोत्सवको उद्घाटन गर्न आउने बताउनुभयो । थारु समुदायको प्रमुख पर्व ९नयाँ वर्ष० २०७५ को अवसरमा आयोजना हुन लागेको महोत्सवमा सरकारको तर्फबाट आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री ओलीले गर्नुभएको चौधरीले जानकारी दिनुभयो ।

२०५९ सालदेखि उपत्यकामा बासोबास गर्ने थारुहरुले काठमाडौँमा माघी महोत्सवको आयोजना गर्दैआएका छन् । उपत्यकामा करिब एक लाखको हाराहारीमा थारुहरुको बसोबास रहेको थाकसको भनाई छ । महोत्सवमा थारु हस्तकला, सांस्कृतिक झाँकी, नृत्य, थारु खानाका परिकार, थारु पहिचान झल्किने भेषभूषा तथा थारु इतिहासबारेका पुस्तक पत्रपत्रिकाको स्टलमा प्रदर्शन हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

माघी महोत्सवमार्फत थारुको कला संस्कृतिक र भेषभूषालाई अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान गराउने लक्ष्य थाकसले लिएको बताएको छ । महोत्सवमार्फत थारुको राजनीतिक अधिकारका विषयमा समेत सन्देश प्रवाह गर्ने थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । माघ महिनाभरी थारु समुदायले माघी पर्व भव्यताकासाथ मनाउने गरे पनि पुसको अन्तिम दिनदेखि माघ २ गतेसम्म जिल्लामा पनि महोत्सवको आयोजना गर्ने गरेका छन् । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।