अनुहार सफा बनाउने तरिका

अनुहार सफा बनाउने तरिका

धेरै मानिसहरु अनुहारलाई सफा बनाउनका लागी पार्लरमा गएर क्रिजिङ् गर्न गर्दछन् । तपाई पनि पार्लरमा गएर अनुहारको सफाई गर्ने काम गर्नु हुन्छ होला ।

पार्लरमा केमिकलबाट बनेको सामाग्रीले अनुहारमा क्रिजिङ् गर्ने गरिन्छ , यसकारण अनुहार सफा हुनुको सट्टा केमिकल अनुहारमा जाने हुदाँ लामो समय पछि नराम्रो असर देखा पर्दछ, त्यसैले तपाई पार्लरमा गएर केमिकल प्रयोग भएको सामाग्रीबाट क्रिजिङ गनुहुन्छ भने तपाईले अब त्यसो गर्नुपदैन् ।

किनभने हामी तपाईलाई आज अनुहारलाई सफा गर्ने तरिकाको बारेमा जानकारी दिदैछौ, जसको प्रयोग गर्नाले तपाईको अुनहारमा हुने सम्पूर्ण फोहार पदार्थ बाहिर निस्केर जानुका साथै तपाईको अनुहारमा हुने कालो दाद, चाया पोतो पनि हटेर जानेछ ।

आवश्यक सामाग्री

१. गोलभेँडा

२.काचो दुध

बनाउने तरिका

सर्वप्रथम तपाईले एउटा पाकेको गोलभेँडा लिनुहोस् । पाकेको गोलभेँडालाई एउटा कोरेसोले हामीले भिडियोमा देखाए जसरी नै कोर्नुहोस् । यसरी कोरेपछि तपाईले चिया छान्नेको साहयताले यसको रस निकाल्नुहोस् । गोलभेडाँको रस निकालेपछि एउटा सफा भाडोमा यसलाई राख्नुहोस् र त्यसमा काचो दुध हाल्नुहोस् । यसरी काचो हालेपछि तपाईले त्यसलाई राम्ररी चलाउनुहोस् । यसरी चलाएपछि तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयेग गर्ने तरिका

तपाईले यसरलाई रातको समय प्रयोग गर्नुहोला राती सफा पानीले अनुहार सफा गरेपछि हल्का मसाज गदै यसलाई अनुहारमा लगाउनुहोस् मजास गर्दा तपाई करिब ५ मिनेट जति मसा जगर्न जरुरी छ । रात भरी अनुहारमा राख्नुहोस्, र भोलि पल्ट हल्का चिसो पानीले धुनुहोस् । यसरी हप्ताको ३ पटक जति तपाईले अनुहारमा लगाउनु भएका तपाईको अनुहारमा भएको फोहार बाहिर निस्केर जान्छ र अनुहार सफा, चम्किलो हुनेछ ।