प्रस्तावित राजदूतबारे उजुरी आह्वान

प्रस्तावित राजदूतबारे उजुरी आह्वान

काठमाडौं, १९ पुस । संसद्को सार्वजनिक सुनुवाइ समितिले प्रस्तावित ५ राजदूतको सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको
हिजो बसेको बैठकले प्रस्तावित पाँचै जनाबारे १० दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान गरेको हो ।

मन्त्रिपरिषद्ले पुस ६ मा परराष्ट्र मन्त्रालयका सहसचिवहरू दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानाडा, दीपक अधिकारीलाई फ्रान्स, गणेशप्रसाद ढकाललाई थाइल्यान्ड र मणिप्रसाद भट्टराईलाई जेनेभास्थित राष्ट्रसंघको स्थायी नियोगका लागि राजदूत सिफारिस गरेको छ ।