४९ हजार नर्स बने बेरोजगार

४९ हजार नर्स बने बेरोजगार

काठमाडौं, १९ पुस । देशमा नर्सहरुको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार बनेको खबर छ । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार ८ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।

काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीका लागि विदेशिएका छन् । यस्तै काउन्सिलमा दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।