काठमाडौं, १८ पुस । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।
मंगलबार राती ११ बजेसम्म बसेको उपसमिति बैठकले तयार पारेको प्रतिवेदन अनुसार निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरिएको छ । यस्तै पर्यटन मन्त्रालयका बहालवाला सचिवदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस गरिएको छ ।
महाप्रवन्धक कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न उपसमितिको सिफारिस छ । उपसमितिले पर्यटन मन्त्रालयका बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाही सिफारिस गरेको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।