संघीय सरकार र निजामती कर्मचारीबीच आज सहमति हुने सम्भावना

संघीय सरकार र निजामती कर्मचारीबीच आज सहमति हुने सम्भावना

काठमाडौँ, १८ पुस । संघीय सरकार र निजामती कर्मचारीबीच मङ्गलबार भएको वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ । आज औपचारिकरुपमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले निमाजती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको छलफल उत्साहजनकरुपमा अगाडि बढेकाले बुधबार टुङ्गिने विश्वास लिएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौँ ।

उहाँले भन्नुभयो, ‘बुधबार माइनुट गर्ने कुरा भएको छ । छलफल एकदम सफलतापूर्वक सम्पन्न भएको छ । निर्णय त तयार भएको छैन । निर्णय लेखेर टुंगिन बाँकी छ । आधिकारिक ट्रेड युनियन अत्यन्त सकारात्मक रहेको छ । कर्मचारीका वृत्ति विकासको बाटालाई खुला राख्दै उपयुक्त निकास दिनुपर्छमा भन्नेमा उहाँहरू सहमत हुनुहुन्छ ।’

निमाजती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती ट्रेड युनियनले राखेका १३ वटा मागमध्ये सरुवाका विषयमा बाहेक अन्य सबै विषयमा सहमतिको वातावरण बनेको जानकारी दिनुभयो । उहाँले आधिकारिक ट्रेड युनियनले निजामती सेवामा क्रियाशील सबै युनियनसँग बसेर १३ बुँदे साझा मुद्दा तयार गरेकाले आधिकारिक ट्रेड युनियनले गरेका सहमति सबैलाई मान्य हुने विश्वास व्यक्त गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौँ ।