

जुम्ला, १७ पस । उच्च हिमाली जिल्ला हुम्लामा तापक्रम माईनस डिग्रिमा पुगेसँगै यहाँका निजी तथा सामुदायिक विद्यालय बन्द भएका छन् ।
सरकारले हुम्ला लगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण ४५ दिनसम्मको विदा दिएर जिल्लाका सम्पुर्ण विद्यालय बन्द गरिएको हो । आईतबार यस वर्षको शैक्षिक सत्रको अन्तिम दिन विद्यालय सञ्चालन गरेर शिक्षक तथा कर्मचारीलाई तलब खुवाउने काम सकिए लगतै विदा गरिएको सदरमुकाम सिमकोट बजारमा रहेको बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक कैलाश रोकायाले बताउनुभयो ।
चिसोका कारण विद्यालय बन्द भए सँगै आगामी फागुन १ गते सम्म विद्यालय बन्द रहने र त्यस पछि मात्रै नयाँ शैक्षिक सत्रको शुरुवात हुने उहाँले बताउनुभयो ।
नेपाल सरकारले हिमपातको कारण हुम्लामा अत्याधिक जाडो हुने भनेर साविक कर्णाली सहित नौ जिल्लालाई पुस १६ गते देखि आगामी फागुन एक गते ४५ दिनसम्मको जाडो विदा दिएर विद्यालय बन्द गर्ने प्रावधान रहेको छ ।