नेकपा पार्टी एकीकरणः स्थानीयस्तरसम्मनै टुंगाउने यस्ताे छ तयारी

नेकपा पार्टी एकीकरणः स्थानीयस्तरसम्मनै टुंगाउने यस्ताे छ तयारी

काठमाडौं, १७ पुस । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले अबको एक महिनाभित्रै स्थानीयस्तरसम्मकै पार्टी एकीकरणको काम सक्ने भएको छ ।

एकीकरणका बाँकी काम बारे गृहकार्य गर्न गठित कार्यदलका सदस्यलाई एक महिना भित्रै पार्टी एकिकरण सक्न दुई अध्यक्षले निर्देशन दिएपछि कार्यदलले कामलाई तीब्रता दिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यदलका सदस्यहरूलाई एक महिना भित्र पार्टी एकिकरणको काम सक्न निर्देशन दिनुभएको हो ।

एमाले र माओवादीबीच एकता भएको सात महिना बितिसके पनि यसबीचमा प्रदेश कमिटी टुङ्गो लागेको छ तर त्यसभन्दा तलका कमिटीहरूले पूर्णता पाएका छैनन् । नवर्गीय सङ्गठनको एकता पनि हुन सकेको छैन । पोलिटब्युरो पनि गठन भएको छैन । कार्यादललाई पार्टी एकीकरण प्रक्रियामा सहजीकरण गर्नका लागि प्रतिवेदन तयार गर्ने कार्यादेश छ ।