सभामुख र अध्यक्षलाई गाडीको लस्कर

सभामुख र अध्यक्षलाई गाडीको लस्कर

काठमाडौं, १६ पुस ।  संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २/२ वटा गाडी चढिरहेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सचिवालयका अनुसार सभामुख महराले बा १ झ १२६८ जिप, बा १ झ ८८८२ स्कोर्पियो (नयाँ), बा २ झ २८६३ नं.को कार (गृहबाट प्राप्त) र बा १ झ ८४८४ नम्बरको स्कोर्पियो लिएका छन् । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले संसद् सचिवालयबाट चारवटा गाडी लिएको भए पनि सभामुखले एउटा मात्रै गाडी प्रयोग गरेको बताए । ‘सभामुखज्यूले नियमअनुसार एउटा मात्रै गाडी प्रयोग गर्नुहुन्छ,’ उनले भने ।

सहसचिवस्तरका स्वकीय सचिवले सचिवालयको नियमअनुसार एउटा, निजी सचिवालयमा एउटा र औपचारिक कार्यक्रममा जान गृहले दिएको कालो गाडी प्रयोग हुने गरेको उनले जानकारी दिए ।
त्यस्तै, अध्यक्ष तिमल्सिनाले बा २ झ ७८९४ जिप, बा २ झ २८७० नयाँ स्कोर्पियो, गृहले उपलब्ध गराएको बा १ झ ८२२९ कार र बा २ झ १६९१ किया कम्पनीको कार सचिवालयबाट लिएका छन् ।

अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले चारवटा गाडी लिए पनि अध्यक्षले दुईवटा मात्रै प्रयोग गरेको बताए । उनका अनुसार गृह मन्त्रालयले दिएको कालो गाडी औपचारिक कार्यक्रममा प्रयोग गर्ने, एउटा निजी सचिवालयले प्रयोग गर्ने र दुईमध्ये एउटा अध्यक्षले नियमित प्रयोग गरेको उनले बताए । यो समाचार र फोटो आजको कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।