भोलिबाट जलवायु सम्मेलन

भोलिबाट जलवायु सम्मेलन

काठमाडौँ, १५ पुस । प्रदेश तथा स्थानीय तहले विकासका कार्यक्रम सञ्चालन गर्दा जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

जिल्ला समन्वय महासंघको आयोजनामा सोमवारदेखि सिन्धुपाल्चोकमा सुरु हुन गइरहेको जलवायु परिवर्तन राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विज्ञहरुले वातावरण विकासको अभिन्न अंग भएकाले वातावरणीय पक्षलाई मूल प्रवाहीकरण गरेर योजना निर्माण तथा कार्यान्वयन गर्न जोड दिएका हुन् । जलवायु परिवर्तनको असरले विश्वकै चौथो जोखिमयुक्त मुलुकको सूचीमा रहेको नेपालले वातावरणलाई वेवास्ता गरेको अगाडि बढाएको विकासले प्रतिफल दिन नसक्ने मत विज्ञहरूको छ ।

वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा। महेश्वर ढकालका अनुसार विकासका नाउँमा डाँडाकाँडामा डोजर चलाउने, नदी, खोलानालाबाट अव्यवस्थित तरिकाले ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन नरोकिने हो भने बाढी, पहिरो तथा डुवानको समस्या विकराल रुपमा नेपालले भोग्नुपर्ने हुन्छ । क्भ्प्)ज्ञटद्धठसिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित ज्यामिरेको गुफाडाँडामा सोमबारबाट हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका लागि फहराइएका राष्ट्रिय झण्डा । यो खबर र तस्बिर गोरखापत्र दैनिकबाट लिएका हौं ।