काठमाडौं, २२ पुस -शनिबार बिहान नेपाल टेलिकमको मोवाइल सेवामा प्राविधिक समस्या देखिएको छ । काठमाडौंसहित देशभरका केही पोष्टपेड र प्रिपेड नम्बरमा बिहान तीन बजेबाट नेटवर्क नदेखाउने समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको छ ।
ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच घण्टासम्म टेलिकममा समस्या आएको कारण सेवा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ ।
अहिले भने समस्या समाधान भइसकेको छ । अब समान्य रुपमा सर्वसाधारणले टेलिकमको सेवा प्रयोग गर्न सक्नेछन् ।