काठमाडौं, १४ पुस । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १२ वर्षिया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरिएको छ ।
विवेकशिल साझा पार्टीले ‘न्यायको खोजीमा निर्मला’ व्यानरमा आज प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरेको हो । न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं भन्ने नारासहित उपस्थित प्रदर्शनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको दाबी गरेका छन् । कञ्चनपुरका १३ वर्षका पन्तको बलात्कारपछि हत्या भएको ५ महिना वितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।