रेलका सामग्री किन्ने प्रक्रिया सुरू

रेलका सामग्री किन्ने प्रक्रिया सुरू

काठमाडौं, १४ पुस । जयनगर–कुर्थामा चलाउने आफ्नै रेल चलाउने सरकारी निर्णयसँगै रेल विभागले सामग्री किन्ने प्रक्रिया सुरू गरेको छ ।

भारत सरकारसँग रेलका सामग्री किन्नका लागि प्रस्ताव पठाइ सकिएको विभागले जनाएको हो । सरकारको निर्णय अनुसार तत्कालका लागि रेलका सामग्री किन्न प्रस्ताव पठाएको विभागले जनाएको छ ।

यसअघि पुस पहिलो साताको बसेको मन्त्रिपरिषद् बैठकले रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको थियो । सरकारले ६ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने जनाएको छ ।