

काठमाडौँ, १३ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवाको तयारी थालेको छ । पच्चीस वर्ष अघि स्थापना भएको नर्भिकले निजी क्षेत्रमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अस्पतालका सञ्चार नायब महाप्रवन्धक आरपी मैनालीले नर्भिकले १८ वर्ष पहिले नै क्याथल्याव सेवा सुरु गर्दै जटिल मुटुरोग र स्नायु शल्यक्रियालगायतका जटिल सेवामा सफलता पाएकोले कलेजो प्रत्यारोपणको तयारी गरिरहेको जानकारी दिनुभयो ।
यसअघि सरकार मातहत रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले तीन जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । उहाँले कलेजो प्रत्यारोपणको लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाइ रहेको जानकारी दिनुभयो ।