

काठमाडौं, १२ पुस । उच्चस्तरीय राजनीतिक वार्ता टोलीले विप्वल नेतृत्वको नेकपा वार्ताकालागि सम्पर्कमै नआएको र तराईमा गतिविधि चलाउँदै आएको सिके राउत समुह राजनीतिक नभएकाले उसँग वार्ताको एजेण्डा नै नबनाइएको निष्कर्ष निकालेको छ ।
मुलुक हाल द्वन्द्वरत अवस्थामा नरहेको निश्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालसम्म गरेका प्रगति सहितको बुझाइएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । त्यस्तै, वार्ता समितिले आफ्नो कार्यकालमा ३ वटा समुहसँग हतियार बुझेको र उनीहरुलाई निशस्त्र घोषणा गरेको पनि जनाएको छ ।
विप्लव नेतृत्वको नेकपासँग पटक–पटक वार्ताका लागि प्रयास गरेपनि सफल हुन नसकेको तर भविश्यमा विप्लव नेतृत्वको नेकपासँग वार्ताको ढोका खुल्लै राखेर प्रतिवेदन बुझाएको समितिका एक सदस्यले बताएका छन् ।
समितिले २६ वटा विभिन्न समुहसँग वार्ता गरेपनि खुम्बुवान मुक्ति मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चा र विवेक साह समुहले मात्रै हतियार बुझाएको छ । गत भदौ ८ गते मन्त्रिपरिषदले सांसद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अधिकार सम्पन्न उच्चस्तरीय वार्ता समिति गठन गरेको थियो ।