

काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।
हिजो दुई अध्यक्षले जवाफ दिने भनेपनि अध्यक्ष पुष्पकमल दाहालले मात्रै जवाफ दिनुभएको थियो । बैठकमा बोल्दै दाहालले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।