काठमाडौं, १२ पुस । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् ।
विजय रुम्बाले दिदी पूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
बाराको जंगलमा निराहार तपस्या गरेको भनि चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया ०६८ सालदेखि गएको परिवारले जनाएकोछ । उनीसँगै अरु दुई आनी पनि वेपत्ता भएको कान्तिपुरमा उल्लेख छ ।