काठमाडौं, ११ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्षमा पुनर्निर्माणको काम जम्मा ४५ प्रतिशत मात्रै सकिएको छ ।
प्राधिकरण गठन भएको हिजो ३ वर्ष पुगेको हो । प्राधिकरणले यसअघि ३ वर्षमा निजी घरको पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो ।
तर अहिलेसम्म ४५ प्रतिशत घरमात्रै निर्माणको काम सकिएको छ ।