

काठमाडौं, ११ पुस । सरकारले आजदेखि कर्मचारी समायोजन प्रक्रिया सुरु गर्ने भएको छ । अध्यादेशले कर्मचारीको वृत्तिविकासमा बाधा पुग्ने भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस विषयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
मन्त्रालयले जेष्ठ कर्मचारीको नामावली पनि सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवको नामावली सार्वजनिक गरेको हो ।