पर्खालभित्र सिंहदरबार, थोत्रा गाडीको ‘डम्पिङ साइट’

पर्खालभित्र सिंहदरबार, थोत्रा गाडीको ‘डम्पिङ साइट’

काठमाडौँ, १० पुस । प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्। अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौँ ।

सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्। वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन्। प्राडो, पजेरो, निशान (शन्नी), फोर्ड, टक्सनजस्ता ब्रान्डेड कम्पनीका थोत्रा गाडी सिंहदरबारभित्र छन्।

न कसैले बनाएर चलाउँछ, न त्यहाँबाट अन्यत्र हटाउँछ। जताततै यस्ता थोत्रा गाडी मिल्किएको देख्दा लाग्छ–सिंहदरबार थोत्रा गाडीहरूको डम्पिङ साइट हो। मोटरबाइक र साइकलहरू पनि प्रशस्तै छन्। रेडियो नेपाल परिसरमा २०÷२५ वटा थोत्रा र बिग्रिएका साइकल र मोटरसाइकल लडाएर राखिएका छन्।

पुनर्निर्माण प्राधिकरणको कार्यालय, सिंहदरबार। प्राधिकरण अघिल्तिरको पार्किङमा बिग्रिएका थोत्रा गाडी थुप्रै छन्। वर्षौंदेखि नचलेका जस्ता देखिने यी गाडी पार्किङमा मिलाएर राखिएका छन्।

सिंहदरबारभित्रका खाली जग्गामा सयौं संख्यामा बिग्रिएका गाडी छन्। प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी घिमिरे पुराना गाडी लिलाम गर्दा सरकारलाई खासै फाइदा नहुने बताउँछन्।

पुराना गाडी व्यवस्थापन गर्ने काम अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘पुराना गाडी पहिलेको तुलनामा अहिले घटेको छ। त्यसको व्यवस्थापनको काम भइरहेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौँ ।