काठमाडौँ, ९ पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा भोलि देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइन्छ ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ । यस अवसरमा आज मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन विश्वका धेरै देशहरुमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् । रोममा इसाई पूर्व ३५४मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, साैहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बिहरू छन् । उहाँहरु लगायत सबैको लागि यो महान क्रिसमस रमाइलो होस् । क्रिसमस ‘डे’को शुभकामना ! मेरि क्रिसमस !